साहस उर्जाको लकइन अवधि आगामी असोज १६ गते सकिने « Arthapath.com
१५ असार २०८३, सोमबार

साहस उर्जाको लकइन अवधि आगामी असोज १६ गते सकिने



काठमाडौं । साहस उर्जाको लक ईन अवधि आगामी असोज १६ गते सकिने भएको छ । संस्थापक समूह, आयोजना प्रभावित क्षेत्रका बासिन्दा र कर्मचारीहरुलाई सुरक्षित गरिएको सेयरको लक ईन अवधि समाप्त हुन लागेको हो।

कम्पनीले २०७८ असोज १७ गते सेयर बाँडफाँट गरेको थियो। कम्पनीको २ करोड ४५ लाख कित्ता संस्थापक सेयर, ३५ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको सेयर र २ लाख १० हजार कित्ता कर्मचारीहरुलाई सुरक्षित गरिएको सेयर लक ईनमा रहेको छ।

असोज १६ गतेपश्चात सो सेयरहरुको कारोबार गर्न सकिनेछ। कम्पनीको सेयर रजिष्ट्रार एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ।


प्रतिक्रिया दिनुहोस्