तीजकै दिन सुनको भाउले बनायो कीर्तिमानी उचाई, प्रतितोला कति पुग्यो ?

काठमाडौं । तीजकै दिन सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । शुक्रबार छापावाला सुनको भाउ १ हजार ३०० रुपैयाँ वृद्धि भएको छ । योसँगै आज सुनको भाउ १ लाख ५३ हजार ३०० रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइतबारदेखि लगातर स्थिर रहेको सुनको भाउले आज भने कीर्तिमानी उचाई बनाएको हो ।
साताको अन्तिम कारोबार दिन चाँदीको भाउ पनि वृद्धि भएको छ । आज चाँदी तोलामा ३० रुपैयाँ वृद्धि भई १ हजार ७९५ रुपैयाँ कायम भएको छ । बिहीबार भने १ हजार ७६५ रुपैयाँमा किनबेच भएको थियो ।