९ श्रावण २०८३, शनिबार

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । सोमबार सुनचाँदीको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला १ सय रुपैयाँले बढेको हो ।

योसँगै छापवाला सुन प्रतितोला १ लाख ५२ हजार २०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ। आइतबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ५२ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यसैगरी चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ७५५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्