प्रतिकित्ता १०० रुपैयाँमै सिटिजन्स बैंकको सेयर किन्ने मौका, कहिलेसम्म दिने आवेदन ? « Arthapath.com
२४ जेष्ठ २०८२, शनिबार

प्रतिकित्ता १०० रुपैयाँमै सिटिजन्स बैंकको सेयर किन्ने मौका, कहिलेसम्म दिने आवेदन ?



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ४० हजार कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ।

बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ४० हजार ४५१ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको हो । उक्त सेयरको बिक्री मूल्य भने प्रतिकित्ता सेयरको न्यूनतम भाउ १०० रुपैयाँ तोकिएको छ।

उक्त सेयर खरिदका लागि बैंकको विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकले असोज ७ गतेबाट ३५ दिन आवेदन दिनुपर्नेा छ ।

आवेदन बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा निवेदन पेश गर्नु पर्नेछ । उक्त समयमा संस्थापक सेयरधनीको आवेदन परेन भने अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्