बाढी पहिरोका कारण २० जलविद्युत आयोजना क्षतिग्रस्त, दुई अर्ब ३१ करोड बराबरको क्षति

काठमाडौं । निरन्तर परेको वर्षातले विभिन्न डेढ दर्जन बढी जलविद्युत आयोजनाहरुमा क्षति पुर्याएको छ ।
निजी क्षेत्रबाट प्रवर्द्धित २० वटा आयोजनामा क्षति पुर्याएको छ । ती जलविद्युत आयोजनामा २ अर्ब ३१ करोड रुपैयाँ बराबरको क्षति पुयाएको स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) ले जनाएको छ ।
इप्पानका अनुसार सबैभन्दा धेरै मान्डु हाइड्रोपावरद्वारा प्रवर्द्धित २२ मेगावाटको बागमती साना जलविद्युत आयोजनामा पुर्याएको छ । मकवानपुरमा रहेको उक्त आयोजनामा पावर हाउस पूर्ण रुपमा डुबेको भने बाँध क्षेत्रमा क्षति पुयाएएको छ । सो आयोजनामा करिब १ अर्ब रुपैयाँ बराबरको क्षति भएको हो ।
माउन्टेन हाइड्रो नेपालद्वारा प्रवद्र्धित २२.१ मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत आयोजनामा २५ करोड रुपैयाँ बराबरको क्षति पुर्याएको छ । उक्त आयोजनाको पावर हाउस डुबानमा परेको गरेको छ । सो आयोजना गत वर्षको बाढीले पनि क्षति पुर्याएको थियो ।
सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवद्र्धित ३ मेगावाटको माइखोला क्यासकेड जलविद्युत आयोजनामा करिव ५ करोड र ९.६ मेगावाटको माइखोला जलविद्युत आयोजनामा करिब ७ करोड रुपैयाँ बराबर क्षति भएको इप्पानले जनाएको छ ।
यस्तै, फेमे खोला जलविद्युत आयोजना १ मेगावाट, पाँचथर, (बाँध र विद्युतगृह पूणर्रुपमा क्षति) करिब १० करोड रुपैयाँ, ५ मेगावाटको सिउरीखोला जलविद्युत आयोजनामा करिव २ करोड, माथिल्लो त्रिशूली १ जलविद्युत आयोजना (२१६ मेगावाट, नुवाकोट) करिब १० करोड रुपैयाँ, हेवाखोला जलविद्युत आयोजना ५ मेगावाट (प्रस्तावित ९.९ मेगावाट) १० करोड, सभाखोला बी जलविद्युत आयोजना (१५.१ मेगावाट)मा ७ करोड, सभाखोला सी जलविद्युत आयोजनामा ३ करोड, लान्द्रुक मोदी जलविद्युत आयोजनामा ८ करोड, सुपर त्रिशूली जलविद्युत आयोजनामा २५ करोड रुपैयाँ बराबरको क्षति भएको छ।
खानीखोला जलविद्युत आयोजना, २ मेगावाट, ललितपुर, पावर हाउस डुबेको, प्रसारणलाइनको टावर ढलेको, स्व्ीचयार्डमा क्षति, ड्याम र हेडरेस टनेलमा क्षति, पहुँचमार्ग धेरै ठाउँमा क्षतविच्छेद । करिब १० करोड रुपैयाँ बराबरको क्षति ।
टुङ्गुन ठोस्ने जलविद्युत आयोजनामा करिब १५ करोड, माया खोलामा २ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।
यता, लाङटाङ खोला जलविद्युत आयोजनामा वा । बाँध, क्याम्प हाउस र पहुँचमार्गमा ठूलो क्षति भएको छ । क्षतिको रकम एकिन हुन बाँकी छ ।
पाँचथर पावरद्वारा प्रवद्र्धित १४.९ मेगावाटको हेवाखोला जलविद्युत आयोजना, साहस ऊर्जाद्वारा प्रवद्र्धित ८६ मेगावाटको सोलु दुधकोशी जलविद्युत आयोजनाको भने क्षति एकिन हुन बाँकी रहेको इप्पानले जनाएको छ ।