सस्तियो सुनचाँदीको भाउ, प्रतितोला कति घट्यो ?

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउ सस्तिएको छ । नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा ५०० रुपैयाँ सस्तिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावपाला सुनको भाउ १ लाख ६० हजार ५०० रुपैयाँ तोकिएको छ । आइतबार भने १ लाख ६१ हजार रुपैयाँमा किनबेच भएको थियो ।
यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदी तोलामा ५ रुपैयाँ घटेर १ हजार ९८० रुपैयाँ कायम भएको छ । आइतबार भने १ हजार ९८५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।