आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । अमेरिकी डलरको भाउ आज पनि स्थिर छ । आज अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ २० पैसा र बिक्रीदर १३४ रुपैयाँ ८० पैसा तोकिएको छ । डलरको भाउ गत शनिबारदेखि अमेरिकी डलरको भाउ रेकर्ड मूल्यमा स्थिर रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार युरोपियन युरो १ को खरिददर १४६ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४४ पैसा कायम भएको छ । यस्तै, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १७५ रुपैयाँ ३७ पैसा र बिक्रीदर १७७ रुपैयाँ १५ पैसा, स्वीस फ्रयांक १ को खरिददर १५६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५७ रुपैयाँ २६ पैसा तोकिएको छ ।
यस्तै, अष्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ ५९ पैसा र बिक्रीदर ९१ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ७९ रुपैयाँ ९५ पैसा, सिंगापुर डलर १ को खरिददर १०२ रुपैयाँ ८५ पैसा र बिक्रीदर १०३ रुपैयाँ ३१ पैसा कायम भएको छ ।
राष्ट्र बैंकका अनुसार जापानी येन १० को खरिददर ९ रुपैयाँ र बिक्रीदर नौ रुपैयाँ ४ पैसा, चिनियाँ युआन १ को खरिददर १८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १९ रुपैयाँ ०८ पैसा, साउदी अरेबियन रियाल १ को खरिददर ३५ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८९ पैसा, कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८८ पैसा तोकिएको छ ।