तिहारको बेला घट्यो डिजेल र मट्टीतेलको भाउ: पेट्रोल, हवाई इन्धन र ग्यासको मूल्य भने यथावत

काठमाडौं । डिजेल र मट्टीतेलको भाउ सस्तिएको छ । नेपाल आयल निगमले डिजेल तथा मट्टीतेलको भाउ प्रतिटिलर एक रुपैयाँ घटाएको हो ।
बिहीबार बसेको निगम संचालक समितिको बैठकले आजै राती १२ बजेदेखि लागू हुने गरि सो दरमा मूल्य घटाएको हो । तर, पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत राखेको छ ।
आजै इन्डियलन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थको मूल्य पेट्रोल प्रतिलिटर २५ पैसा , डिजेल १.०४ रुपैया, मट्टीतेल २.२४, हवाई इन्धन ३.२३ रुपैयाँ र एलपी ग्यासको भाउ प्रतिसिलिन्डर ५५.७० रुपैयाँ बढेर आएको थियो ।
तर, उपभोक्ताको हितलाई मध्यनजर गर्दै डिजेल र मट्टीतेलको मूल्य घटाइएको निगमले जनाएको छ । यसका साथै पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको भाउ भने यथावत राखिएको निगमले जनाएको छ ।