नेपाली महको उत्पादन र खपत दुवै बढ्दै, महको शुद्धता कायम राख्नुपर्नेमा जोड

काठमाडौ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले महमा गुणस्तर कायम गरे आयातित महले बजार खोस्न नसक्ने बताए ।
काठमाडौको भृकुटीमण्डपमा छैठौ मह मेलाको उद्धघाटन गर्दे मन्त्री अधिकारीले यस्तो बताएका हुन् ।
खुल्ला बजारमा सवैले प्रतिस्पर्दा गर्न पाउने भएकाले शुद्ध मह उत्पादनलाई पहिलो प्राथामिकता दिन जरुरी रहेकोमा जोड दिए ।
बंैक तथा वित्तिय संस्थालाई मौरी किसानहरुमा पनि लगानी गर्न आग्रह गर्दे मन्त्री अधिकारीले मौरी पालकहरुलाई देखिएको चरनको समस्यालाई समाधान गर्न पहल गर्ने पनि बताए ।
मौरी र महको प्रर्वद्धनका लागि सरकारबाट गर्न सकिने सबै सहयोग गर्न आफु तयार रहेको बताए ।
स्वास्थ्यका दृष्टिकोणवाट पनि महको नियमित सेवन फाईदाजनक रहेकाले स्वदेशी महको सेवन बढाउन आग्रह गरे ।
मह बजारको समस्या विस्तारै हटदै जाने उनको भनाई थियो । यसका लागि सरकारले पनि पहल गरिरहेको जानकारी गराए ।
व्यवसायीहरुका अनुसार हाल नेपालमा वार्षिक पाँच हजार मेट्रिक टन भन्दा बढि मह उत्पादन हुने गरेको छ । मह आयतमा रोक रोक लगाएसँगै स्वदेशमै उत्पादन बढदै गएको छ ।
नेपाली महको खपत पनि बढदै गएको छ । विगतमा भन्दा अहिले मन्त्रालय मार्फत सकारात्मक सहयोग प्राप्त भएको मौरी पालक किसान तथा मह उत्पादकहरुले बताए ।