वरिष्ठ पर्यटन व्यवसायी पाण्डे प्यासिफिक एसिया ट्राभल एशोसियशन (पाटा)को सचिव/कोषाध्यक्षमा निर्वाचित

काठमाडौं । वरिष्ठ पर्यटन व्यावसायी तथा एक्सप्लोर हिमालय ट्राभल एण्ड एड्भेन्चरका अध्यक्ष शुमन पाण्डे प्यासिफिक एसिया ट्राभल एशोसियशन (पाटा)को सचिव/कोषाध्यक्षमा निर्वाचित भएका छन । पाण्डे विश्वकै ठुलो पर्यटकीय संघको पदाधिकारीमा निर्वाचित भएका हुन ।
सोमबार सम्पन्न प्यासिफिक एसिया ट्राभल एशोसियशन (पाटा)को मतदानमा पाण्डेले मलेशियन प्रतिद्धन्धी फईज फधीलिल्लाह माथी विजय प्राप्त गरेका हुन । वरिष्ठ पर्यटन व्यावसायी पाण्डे पाटा नेपाल च्याप्टरका पुर्व अध्यक्ष भैसकेका व्यक्ति हुन । उनि पाटाको सचिव÷कोषाध्यक्ष पदमा निर्वाचित हुने पहिलो नेपाली हुन ।
विभिन्न ७७ मुलुकका ६ हजार भन्दा बढि सदस्य रहेको विश्वकै ठुलो पर्यटकीय संघ, प्यासिफिक एसिया ट्राभल एशोसियशन (पाटा)को यहि १२ अक्ओवर २०२० मा भएको अनलाईन चुनावमा पाण्डेले मलेशियन प्रतिद्धन्धी फईज फधीलिल्लाह माथी विजय प्राप्त गरेका थिए ।
त्यस्तै भियतनामका उम्मेद्धार हाई होे, कम्बोडियाका प्रतिस्प्रधी डा। सोखोम थोक विरुद्ध उपाध्यक्ष पदमा विजय हुनभएको छ भने, वर्तमान उपाध्यक्ष सिङ्गापुरका सुन हुवा वोङले पाटाको विधानअनुसार आगामी कार्यकालको अध्यक्ष हुनेछन ।
एक्सप्लोर हिमालय ट्राभल एण्ड एड्भेन्चरको अध्यक्षका साथै फिस्टेल एयरका प्रमुख कार्यकारी अधिकृत, सर्मिट एयरका डाइरेक्टर, अलफ्ट काठमाण्डौ होटलका डाइरेक्टर, छायाँ सेन्टर प्रा। लि। का रुपमा समेत कार्यरत पाण्डेले यस अधि पाटा नेपाल च्याप्टरको अध्यक्ष, ट्रेकिङ्ग एजेन्टस् एशोसियसन अफ नेपाल (टान) को अध्यक्ष, उपाध्यक्ष र महासचिव तथा एयरलाईन्स् अपरेटर्स एशोसियसन अफ नेपालको महासचिव का साथै नेपाल पर्यटन वोर्डका कार्यकारी सदस्य रहिसकेका व्यक्ति हुन । नुवाकोटमा जन्मेका पाण्डे नेपाल पर्यटन बर्ष २०११को सदस्य पनि हुन ।
पाण्डेले टुरिजम् म्यान अफ दि एयर २०११ तथा २०१७ को लाइफ एचिभमेन्ट टुरिजम अवार्ड २०१५ जस्ता सम्मान प्राप्त गरेका छन । नेपाली साहसिक पर्यटन क्षेत्रमा विशेष महत्व राख्ने उच्च हिमाली रेस्क्यु प्रविधिको सुरुवात तथा विस्तार, सन् २०१५को महा–भुकम्प पश्चात “संकट ब्यवस्थापन तथा पर्यटन पुनःउत्थान कार्यक्रमको तर्जुमा”, प्रथम “हिमालयन ट्राभल मार्ट–२०१७” मा विशेष भुमिका निर्वाह गर्नुहुने पाण्डे द्धारा प्रबर्धित स्काई डाईभिङ्ग तथा सन् २००९ मा कालापत्थरमा आयोजित नेपाल सरकारको क्याविनेट बैठक नेपाली पर्यटन क्षेत्रकै स्मरणिय बिषयहरु पर्दछन् ।
पाटा जस्तो गरीमामय अन्र्तराष्ट्रिय संघको सचिव÷कोषाध्यक्ष पदमा पाण्डेको उपस्थितीले कोरोनापछि नेपाली पर्यटनको पुर्नस्थापनामा उल्लेखनीय सहयोग पुग्न सक्ने अपेक्षा गरीएको छ ।