भैरहवाको राजस्व कर्यालयबाट लक्ष्यभन्दा बढी उठ्यो राजस्व - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

भैरहवाको राजस्व कर्यालयबाट लक्ष्यभन्दा बढी उठ्यो राजस्व



रूपन्देही । आन्तरिक राजस्व कार्यालय, भैरहवाले चालु आर्थिक वर्षको पाँच महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले उक्त अवधिमा ५ अर्ब ३६ करोड ८३ लाख ८ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा १२१ दशमलव एक अर्थात् ६ अर्ब ५० करोड ३२ लाख ७ हजार रुपैयाँ सङ्कलन गरेको हो । कार्यालयले गत आवको सोही अवधिमा ४ अर्ब ५१ करोड आठ लाख ४७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले जानकारी दिए ।

पोखरेलका अनुसार राजस्वमा अन्तःशुल्कको हिस्सा सबैभन्दा बढी अर्थात् करिब ८० प्रतिशत रहेको छ । आन्तरिक राजस्व कार्यालय, भैरहवाको कार्यक्षेत्रअन्तर्गत ८२ हजारभन्दा बढी व्यावसायिक करदाता छन् ।


प्रतिक्रिया दिनुहोस्