सुन काण्डबारे महालक्ष्मी बैंक बोल्यो, के भन्छ बैंक ?

काठमाडौं । महालक्ष्मी विकास बैंकले शुक्रबार विज्ञप्ति जारी गर्दै बैंकको कुमारीपाटी शाखावाट प्रवाह भएको सुन कर्जा सम्बन्धमा हाल विभिन्न मिडियाहरुमा प्रकाशित समाचारहरु प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । उक्त विज्ञप्ति अनुसार बैंकको कुमारीपाटी, ललितपुर शाखाको सुन जाँचकीपदमा कार्यरत कर्मचारीको बैंकको सेवा समाप्त हुने भएको छ ।
विज्ञप्ति लेखिएको छ, हाल बैंकले अर्को नयाँ सुनजाँचकी खटाई ग्रहाकहरुको बीचमा कर्जामा कैफियत देखिन गएको र त्यस्ता कैफियत देखिएका कर्जाका सम्वन्धमा तत्कालिन सुनजांचकीले सम्पूर्ण जिम्मेबारी लिंदै बैंक समक्ष निवेदन दिएकोले त्यस बारेमा बैंकले आन्तरिक छानविन समिति गठन गरी छानबिन गर्दा तत्कालीन सुनजांचकी र सुन धितोराखीकर्जा लिने ऋणी समेतको मिलेमतोबाट कैफियत हुनगएको तथ्य छानविन प्रतिवेदनबाट देखिएकोले यस बैंकले तत्कालिन सुन जाँचकी र ऋणीहरुका विरुद्धमा अनुसन्धान तथा तहकीकात गरी बैंकको हानी नोक्सानी गराएको विगो असुल उपर गरी पाउन प्रहरी प्रधानकार्यालय, केन्द्रिय अनुसन्धान ब्यूरोमा जाहेरी दरखास्त दिई उक्त ब्यूरोबाट सत्य तथ्यको बारेमा छानविन भई रहेको बैंकको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

जारी विज्ञप्तिका अनुसार, उक्त प्रकरण अनुसन्धानको क्रममा नै रहेकोमा अनुसन्धानलाई प्रभाव पर्न सक्ने गरी बिभिन्न अनलाईन तथा पत्रपत्रिकाहरुमा यस बैंकमा कार्यरत कर्मचारीहरु तथा पूर्ब कर्मचारीहरु समेतका सम्वन्धमा गलत समाचारहरु संम्प्रेशण भई रहेकोमा यस प्रकारको गलत समाचारहरु प्रति दुःखब्यक्त गर्दै निष्पक्ष अनुसन्धानतथा छानविनको कार्यलाई प्रभाव पर्न सक्ने किसीमका कुनैपनि तथ्यविपरीतका समाचार प्रकाशन र प्रसारण नगरी दिनुहुन अनुरोध गर्दछु ।
निक्षेकर्ता तथा शेयरधनी महानुभाबहरुको हकहितलाई ध्यानमा राखी बैंकिङ्ग कसुर तथा सजाय सम्बन्धी ऐन २०६४ बमोजिम बैंकले उक्त घटनाको बारेमा केन्द्रिय अनुसन्धान ब्यूरोमा जाहेरी दिई छानबिन गर्न अनुरोध गरे बमोजिम नै ब्यूरोबाट छानबिन प्रकृया शुरु गरेको अवस्थामा सर्वसाधारण जनमानसमा नकारात्मक प्रभाव पर्ने गरी भ्रामक समाचारहरु संपे्रषण नगर्न अनुरोध गरेको विज्ञप्तिमा उल्लेख छ ।