शुक्रबार सुन ६ सयले बढ्यो, तोलमा ९४ हजार ५ सय पुग्यो « Arthapath.com
२८ जेष्ठ २०७८, शुक्रबार

शुक्रबार सुन ६ सयले बढ्यो, तोलमा ९४ हजार ५ सय पुग्यो



काठमाडौं । साताको अन्तिम दिन आज शुक्रबार सुन तोलामा ६ सयले् उकालो लागेको छ । आज सुन तोलामा ६ सयले बढेर छापावाला सुन प्रतितोला ९४ हजार ५ सय र तेजावि सुन प्रतितोला ९४ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।हिजो छापावाला सुन ९३ हजार ९ सय र तेजावि सुन ९३ हजार ४ सयमा कारोबार भएको थियो ।

यसैगरी आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेको छ । बिहीबार तोलाको १३ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १३ सय ७० मा कारोबार भएको नेपा सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्