मंगलबार सुनको मुल्य सामान्य घट्यो ,चाँदी स्थिर

काठमाडौं । आज मंगलबार सुनको मुल्य घटेको छ । आज सुन तोलामा घ सयले घटेर छापावाला सुन प्रतितोला ९१ हजार ८ सय र तेजावि सुन प्रतितोला ९१ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको् छ ।
त्यसैगरी आज चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदी प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंले जनाएको छ ।
हिजो सोमबार सुन तोलामा १ सय रुपैयाँले बढेर छापावाला सुन ९२ हजार १ सय र तेजावि सुन ९१ हजार ६ सयमा कारोबार भएको थियो । चाँदीको भाउ भने हिजो पनि स्थिर रहेको थियो ।