७ श्रावण २०८३, बिहिबार

एनआईसी एशिया क्यापिटलले ३ वटै म्युचुअल फण्डको लाभांश घोषणा गर्यो, कुनको कति ?



काठमाडौं । एनआईसी एशिया क्यापिटलद्धारा संचालित सामूहिक लगानी कोष योजनाहरुको लाभांश घोषणा गरेको छ । शुक्रबार बसेको सञ्चालक समितिको ९३ औँ बैठकले आर्थिक वर्ष वर्ष २०७७–७८ का लागि एनआइसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत संचालित योजनाहरु एनआईसी एशिया ग्रोथ फण्ड, एनआईसी एशिया ब्यालेन्सड् फण्ड र एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले लाभांश घोषणा गरेको हो ।

एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्डले इकाईधनीहरुलाई ३० प्रतिशत (कर सहित) लाभांश र एनआईसी एशिया डाइनामिक डेप्ट फण्डका इकाईधनीहरुलाई १० प्रतिशतका दरले लाभांश वितरण गर्ने भएको हो ।


प्रतिक्रिया दिनुहोस्