नेप्सेमा विभिन्न ३ कम्पनीको ७२ लाख २३ हजार कित्ता शेयर सूचीकृत, कुनको कति ?
काठमाडौं । गत साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ३ कम्पनीको शेयर सूचीकृत भएको छ । गत साता एक लघुवित्तको आईपीओ र २ कम्पनीको बोनश शेयर सूचीकृत भएको हो । गत साता जीवन विकास लघुवित्तको आईपीओ, आइएमई जनरल इन्स्योरेन्स कम्पनी र नेपाल हाइड्रो डेलपर्सको बोनश शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।
गत साता आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७ प्रतिशत बोनश शेयर वापतको ७ लाख ५७ हजार ५ सय कित्ता शेयर र नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको १५ प्रतिशत बोनश बापतको ३ लाख ९० हजार कित्ता शेयर सूचीकृत भएको हो ।
त्यस्तै, सर्वसाधारणमा प्राथमिक शेयर जारी गरेको जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको ६० लाख ८४ हजार १ सय कित्ता आईपीओ सूचीकृत भएको हो ।













