७ श्रावण २०८३, बिहिबार

नेशनल माइक्रोफाइनान्सको साढे ६५ हजार संस्थापक शेयर आजदेखि बिक्री खुला



काठमाडौं । नेशनल माइक्रोफाइनान्सको संस्थापक शेयर आजदेखि लिलामीमा बिmत्री खुला गरेको छ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको शेयर आज (साउन १७ गते, आइतबार) देखि लिलामीमा राखेको हो ।

लघुवित्तले ६५ हजार ७६० कित्ता संस्थापक शेयर शिलबन्दी बोलपत्र प्रक्रियामार्फत बिक्री खुला गरेको हो । उक्त शेयर खरिदका लागि इच्छुक व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले साउन गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

उक्त शेयरको न्यूनतम मूल्य १ हजार २२ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि बोलपत्र पेश गर्नुपर्नेछ भने अधिकतम शेयरका लागि कुनै हद तोकिएको छैन् ।

लघुवित्तको शेयर बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्