७ श्रावण २०८३, बिहिबार

सोमबार सेयर बजार सामान्य अंकले बढ्यो, कारोबार कति भयो ?



काठमाडौं । सोमबार सेयर बजार सामान्य अंकले बढेको छ । साताको दोस्रो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४.०६ अंकले बढेर ३०८५.०७ अंकमा बन्द भएको हो । यसअघि हिजो आइतबारर नेप्से परिसूचक १.२५ अंकले बढेको थियो ।

सोमबार दिनभरिमा २२६ कम्पनीको २ करोड १८ लाख ९४ हजार कित्ता १ लाख ५५ हजार पटक किनबेच हुँदा १० अर्ब ९८ करोड ३५ लाख ९९ हजार रुपैयाँको कारोबार भएको हो ।

सोमबार बैंकिङ समूह १.९१ अंक, फाइनान्स समूह ९ अंक, म्यानुफ्याक्ट्रचरिङ समूह ४१.८५ अंक, माइक्रोफाइनान्स समूह १२४.९३ अंक र इन्भेष्टमेन्ट समूह १.९६ अंकले बढेको छ ।

त्यस्तै, ट्रेडिङ समूह ४८.११ अंक, होटल तथा पर्यटन समूह ५७.१७ अंक, विकास बैंक समूह ६१.५१ अंक, हाइड्रोपावर समूह १८.३ अंक, निर्जीवन बीमा समूह ८९.१२ अंक, अन्य समूह १७.४१ अंक, जीवन बीमा समूह ९०.५७ अंक र म्युचुअल फण्ड ०.१८ अंकले घटेको छ ।


प्रतिक्रिया दिनुहोस्