नबिल बैंकद्धारा सल्यानको दार्मामा दिगो बैंकिङ्ग तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । नबिल बैंकले सल्यानको दार्मामा दिगो बैंकिङ्ग तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नबिल बैंकले दार्मा गाउँपालिकासगं दिगो बैंकिङ्ग अन्तर्गत उधमशीलता विकास र वित्तीय पहुचको लागि समझदारी समेत गरेको छ ।
दार्मा गाउँपालिकामा नबिल बैंकको तर्फबाट नबिल दिगो बैंकिङ्गका प्रबन्धक लिला प्रसाद ओझा र गाउँपालिकाको तर्फबाट अध्यक्ष निम बहादुर केसीले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । उक्त साझेदारी मार्फत गाँउपालिकाले स्थानिय स्तरमा संचालन गर्ने विभिन्न उद्यम सम्बन्धि कार्यक्रम/तालिम लिएर उद्यम गर्न चाहने उधमीहरुलाई गाँउपालिकाको सिफारीसमा उद्यम गर्न बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र तेस्ता कार्यक्रम/तालिमहरुमा वित्तीय साक्षरता सम्बन्धि अभिमुखीकरण कार्यक्रम समेत संचालन गर्ने उद्देश्य रहेको छ ।
उक्त कार्यक्रममा कर्णाली प्रदेश संघीय संसद टेक बहादुर बस्नेतको उपस्थिती थियो । उक्त कार्यक्रममा बोल्दै बस्नेतले बैंक तथा वित्तीय सस्थाले उपलब्ध गराउने सेवा सुविधाको सहि रुपमा सदुपयोग गर्ने हो भने त्यसले सामाजिक रुपान्तरणमा ठूलो फड्को मार्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै नबिल बैंकका कर्णाली प्रदेश प्रमुख गोपी पाण्डेले यस सम्झौताले दार्मा गाउँपालिकामा स्वरोजगारी र उद्यमशीलता विकास गर्ने बताउनु भयो । त्यस्तै दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर के.सी.ले नबिल बैंकको दिगो बैंकिङ्गले निम्न वर्गिय किसान तथा उद्यमीलाई बलियो बनाउने र देशको श्रम भारत लगायत खाडी मुलुक पलायनको क्रमलाई न्यूनिकरण गर्न सहयोग पुर्याउने अपेक्षा गर्दैे वास्तविक किसान तथा उद्यमी पहिचान गरी बैंकसम्म पुर्याई गाउँपालिकाको विकासमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष टिका शर्मा वली, निमित्त प्रमुख प्रशासकिय अधिकृत अमृत खड्का, स्थानिय किसान, युवा तथा महिला उद्यमीहरु साथै अन्य गाउँपालिकाबासीहरुको उल्लेख्य उपस्थिती थियो ।
नबिल बैंकले गत असार १५ गते धान दिवशको दिन नबिल दिगँ बैंकिङ्ग सुरुवात गरेको हो । सरकारको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले दिगो बैंकिङ्ग कार्यक्रम सार्वजानिक गरेको हो । कार्यक्रम अन्र्तगत बैंकले नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा शुरु गरेको छ । बैंकले ग्रामिण क्षेत्रमा वित्तीय पहुच न्युन भएका वर्गलाई कृषि क्षेत्रको व्यवसायिकरण र उद्यमशिलता विकासकँ लागि ल्याएको यो कार्यक्रम १७ वटा दुर्गम शाखाहरुबाट शुरुवात गरी नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा प्रवाह गर्दै आएको छ ।