एशियन लाइफ इन्स्योरेन्स सहित यी कम्पनीको भयो सर्वाधिक कारोबार « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

एशियन लाइफ इन्स्योरेन्स सहित यी कम्पनीको भयो सर्वाधिक कारोबार



काठमाडौं । बजेट भाषण पछि निरन्तर ओरालो लागेको शेयरमा बजारमा अझै सुधार आउन सकेको छैन । यो साताको पहिलो कारोबारको दिने नेप्से परिसूचक १२.९२ अकंले घटेर २०६५.७८ विन्दुमा बन्द भएको छ । शुक्रबार नेप्से परिसूचक ३३.७६ अकंले घटेर २०७८.७० बिन्दुमा बन्द भएको थियो ।

सोमबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २२८ कम्पनीको ४४ लाख ९ हजार ६९१ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब २७ करोड ३३ लाख ८५ हजार २७६ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२६ कम्पनीको ३८ लाख ४८ हजार ५०८ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ३० करोड ७३ लाख ५९ हजार ५४० रुपैयाँको कारोबार भएको थियो ।

नेप्से घटेर कारोबार समेत खुम्चिदा एशियन लाइफ इन्स्योरेन्सको सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको ८ करोड २४ लाख ७७ हजार रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, एनआईसी एशिया बैंकको ६ करोड ७६ लाख ९४ हजार रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ६१ लाख ९१ हजार रुपैयाँ र अरुण भ्याली हाइड्रोपावरको ३ करोड ९० लाख २३ हजार रुपैयाँको कारोबार भएको हो ।


प्रतिक्रिया दिनुहोस्