२ कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ताले आज सर्वाधिक कमाए-गुमाए
काठमाडौं । शेयर बजारमा अझै पनि सुधार आउन सकेको छैन । सोमबार नेप्से परिसूचक १२.९२ अकंले घटेर २०६५.७८ विन्दुमा बन्द भएको हो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२८ कम्पनीको ४४ लाख ९ हजार ६९१ कित्ता शेयर किनबेच भएको छ । नेप्से घट्दा कारोबार १ अर्ब २७ करोड ३३ लाख ८५ हजार २७६ रुपैयाँमा सिमित भएको हो ।
नेप्से ओरालो लागेर कारोबार समेत खुम्चिदा आज २ कम्पनीको शेयरमा सर्किट लागेको छ । सोमबार उपकार लघुवित्त र बलेफी हाइड्रोपावरको शेयरमा सर्किट लागेको हो । साथै, नारायणी डेभलपमेन्ट बैंकको ६.४७ प्रतिशत, मिथिला लघुवित्तको ४.३७ प्रतिशत र सिद्धार्थ इक्वाटी फण्डको ३.९० प्रतिशतले बढेको हो ।

त्यस्तै, आज हिमालयन बैंकको शेयरमा नकारात्मक सर्किट लागेको छ । साथै, माहुली लघुवित्तको ७.६६ प्रतिशत, नेपाल लाइफ इन्स्योरेन्सको ३.९२ प्रतिशत र मनकामना स्मार्ट लघुवित्तको ३.९२ प्रतिशतले घटेको हो ।














