दुई कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ताले आज सर्वाधिक कमाए-गुमाए « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

दुई कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ताले आज सर्वाधिक कमाए-गुमाए



काठमाडौं । आज नेप्सेमा भारी गिरावट आएको छ । सातामा कारोबारको दोस्रो दिन नेप्से परिसूचक ४५.५९ अकंले घटेर २०२०.२३ बिन्दुमा बन्द भएको छ ।

मंगलबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २३४ कम्पनीको ३८ लाख ८७ हजार ७४८ कित्ता शेयर किनबेच भएको छ । आज नेप्सेमा भारी गिरावट आएसँगै कारोबार समेत १ अर्ब ३१ करोड २८ लाख ६ हजार ५६२ रुपैयाँमा सिमित भएको छ ।

नेप्से घटेर कारोबार समेत खुम्चिदा आज २ कम्पनीको शेयरमा सर्किट लागेको छ । मंगलबार उपकार लघुवित्त वित्तीय संस्था र बलेफी हाइड्रोपावरको शेयरमा सर्किट लागेको हो । साथै, माउन्टेन हाइड्रो पावरको ३.८२ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको ३.७२ प्रतिशत र आरबिबि म्युचुअल फण्ड १ को ३.७० प्रतिशतले शेयर बढेको हो ।

साथै, आज हिमालयन बैंकको शेयरमा नकारात्मक सर्किट लागेको छ । साथै, सपोर्ट माइक्रोफाइनान्सको ५.९९ प्रतिशत, समता घरेलु लघुवित्तको ५.६३ प्रतिशत, जनउत्थान सामुदायिक लघुवित्तको ५.५१ प्रतिशत र एनएमबि ५० को ५.५१ प्रतिशतले शेयर घटेको हो ।


प्रतिक्रिया दिनुहोस्