शेयर बजारमा उच्च गिरावट, १ अर्ब ३१ करोडको कारोबार हुदाँ १३ वटै उपसूचक राताम्य

काठमाडौं । साताको कारोबारको दोस्रो दिन शेयरमा बजारमा भारि गिरावट आएको छ । नेप्सेमा निरन्तर शेयर बजारमा पहिरो जादाँ लगानीकर्ताहरु आक्रोसित भइरहेका छन् । आज पूँजी बजार विकास र बिस्तार गर्ने उद्देश्य सहित तिलन कोइरालाको नेतृत्वमा आन्दोलनमा गएका लगानीकर्ता माथि प्रहरीले रोक लगाएको छ ।
शेयर बजार निरन्तर राताम्य हुदाँ शेयर बजार सुधार आउने आशामा बसेका लगानीकर्ताहरु आक्रोसित भएका हुन । बजारमा निरन्तर घटी रहदाँ कारोबार समेत खुम्चि रहेको छ । सरकारले पुँजी बजार र लगानीकर्ताका माग सम्बोधन गर्ने नगर्ने अन्यौल हुदाँ लगानीकर्ताहरु अझै लगानी गर्ने डराइ रहेको अवस्था छ । बजेटमा पूँजी बजार सुधारको आशामा बसेका लगानीकर्ताहरु अन्यौल अवस्था रहेका छन् ।
यो साताको दोस्रो कारोबारको दिन नेप्से परिसूचक ४५.५९ अकंले घटेर २०२०.२३ बिन्दुमा बन्द भएको छ । सोमबार भने नेप्से परिसूचक १२.९२ अकंले घटेर २०६५.७८ विन्दुमा बन्द भएको थियो ।
मंगलबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २३४ कम्पनीको ३८ लाख ८७ हजार ७४८ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ३१ करोड २८ लाख ६ हजार ५६२ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२८ कम्पनीको ४४ लाख ९ हजार ६९१ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब २७ करोड ३३ लाख ८५ हजार २७६ रुपैयाँको कारोबार भएको थियो ।
आज नेप्से भारी अंकले घट्दा १३ वटै उपसूचक राताम्य भएका छन् । मंगलबार बैंकिङ समूहको २.७२ प्रतिशत, ब्यापार समूहको १.७७ प्रतिशत, होटल तथा पर्यटन समूहको १.७२ प्रतिशत, विकास बैंक समूहको २.४६ प्रतिशत, हाइड्रोपावर समूहको १.९७ प्रतिशत, फाइनान्स समूहको २.४५ प्रतिशत, निर्जीवन बीमा समूहको १.६५ प्रतिशत, म्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूहको २.७४ प्रतिशत, अन्य समूहको २.०७ प्रतिशत, माइक्रोफाइनान्स समूहको १.६१ प्रतिशत, जीवन बीमा समूहको ०.९ प्रतिशत, म्युचुअल फण्ड समूहको ०.९५ प्रतिशत र इन्भेष्टमेन्ट समूहको २.२९ प्रतिशतले शेयर मूल्य घटेको हो ।