नेप्सेमा सूचीकृत १३ समूहका सबैभन्दा धेरै लाभांश दिने कम्पनी यी हुन्, दुई समूहकाले लाभांश नै दिएन « Arthapath.com
२७ जेष्ठ २०७९, शुक्रबार

नेप्सेमा सूचीकृत १३ समूहका सबैभन्दा धेरै लाभांश दिने कम्पनी यी हुन्, दुई समूहकाले लाभांश नै दिएन



काठमाडौं । गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीबाट अधिकांश कम्पनीहरुले लाभांश वितरण गरिसकेका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएका कम्पनीहरु मध्ये अधिकांश कम्पनीहरुले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट लाभांश वितरण गरेका हुन् । लाभांश वितरण गरेका अधिकांश कम्पनीहरुको साधारण सभाले समेत उक्त लभांश पारित गरिसकेका छन् ।

गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट २६ वटा वाणिज्य बैंक, ९ वटा विकास बैंक, ११ वटा फाइनान्स कम्पनी, ४६ वटा लघुवित्त वित्तीय संस्था, १४ वटा जलविद्युत कम्पनीहरु, २१ वटा म्युचुअल फण्ड, ३ वटा इन्भेष्टमेन्ट कम्पनी, १२ वटा निर्जीवन बीमा कम्पनी, १ वटा अन्य कम्पनी, १ वटा ट्रेडिङ्ग कम्पनी, ४ वटा म्यानुफ्याक्चरिङ्ग कम्पनी र १८ वटा मर्चेण्ट कम्पनीले लाभांश वितरण गरेका थिए । तर गत आर्थिक बर्ष २०७७–७८ मा होटल तथा पर्यटन समूह र जीवन बीमा समूहका कुनै पनि कम्पनीले लाभांश वितरण गरेका छैनन् ।

लाभांश वितरण गरेका अधिकांश कम्पनीहरुको बोनस शेयर नेप्सेमा समेत सूचीकृत भईसकेका छन् । गत आर्थिक बर्ष २०७७–७८ मा कुन समूहबाट कुन कम्पनीले सबैभन्दा धेरै लाभांश वितरण गरेको छ भने यहाँ उल्लेख गरिएको छ ।

वाणिज्य बैंक
वाणिज्य बैंकहरुको समूहबाट गत आर्थिक बर्षमा सबैभन्दा धेरै लाभांश वितरण गर्नेमा नबिल बैंक रहेको छ । नबिल बैंकले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको ३३.६ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ४.४ प्रतिशत लगद गरी कूल ३८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

विकास बैंक
विकास बैंकहरुको समूहबाट गत आर्थिक बर्षमा सबैभन्दा धेरै लाभांश वितरण गर्नेमा महालक्ष्मी विकास बैंक रहेको छ । महालक्ष्मी विकास बैंकले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद गरी कूल २१.०५२६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

फाइनान्स
फाइनान्स कम्पनीहरुको समूहबाट गत आर्थिक बर्षमा सबैभन्दा धेरै लाभांश वितरण गर्नेमा मन्जुश्री फाइनान्स लिमिटेड रहेको छ । मञ्जुश्री फाइनान्सले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ६ प्रतिशत नगद गरी कूल ४६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

लघुवित्त
लघुवित्त वित्तीय संस्थाहरुको समूहबाट गत आर्थिक बर्षमा सबैभन्दा धेरै लाभांश वितरण गर्नेमा वीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ । जीवन विकास लघुवित्तले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको ७० प्रतिशत बोनस शेयर र ३.६८ प्रतिशत नगद गरी कूल ७३.६८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

जलविद्युत
जलविद्युत कम्पनीहरुको समूहबाट गत आर्थिक बर्षमा सबैभन्दा धेरै लाभांश वितरण गर्नेमा न्याग्दी ग्रुप पावर लिमिटेड रहेको छ । न्याग्दी ग्रुप पावल कम्पनीले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद गरी कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

म्युचुअल
म्युचुअल फण्डहरुको समूहबाट गत आर्थिक बर्षमा सबैभन्दा धेरै लाभांश वितरण गर्नेमा ग्लोबल आइएमई समुन्नत स्किम १ रहेको छ । ग्लोबल आइएमई समुन्नत स्किम १ ले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट १०० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

इन्भेष्टमेन्ट
इन्भेष्टमेन्ट समूहबाट गत आर्थिक बर्षमा सबैभन्दा धेरै लाभांश वितरण गर्नेमा हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र नेपाल इफ्रास्ट्रक्चर (निफ्रा) बैंक रहेका छन् । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्टले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.४२१ नगद गरी कूल ८.४२१ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यस्तै, निफ्रा बैंकले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.४२ प्रतिशत नगद गरी कूल ८.४२ प्रतिशत लाभांश वितरण गरेका थिए ।

निर्जीवन बीमा
निर्जीवन बीमा कम्पनीहरुको समूहबाट गत आर्थिक बर्षमा सबैभन्दा धेरै लाभांश वितरण गर्नेमा सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ । सगरमाथा इन्स्योरेन्सले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.०५२६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

अन्य
अन्य समूहबाट गत आर्थिक बर्षमा सबैभन्दा धेरै लाभांश वितरण गर्नेमा नेपाल दूरसंचार कम्पनी लिमिटेड रहेको छ । एनटीसीले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ २० प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गरेको थियो ।

ट्रेडिङ्ग
ट्रेडिङ्ग समूबाट गत आर्थिक बर्षमा साल्ट ट्रेडिङ्ग कर्पाेरशेन लिमिटेडले लाभांश वितरण गरेको थियो । साल्ट ट्रेडिङ्गले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद गरी कूल १०.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

म्यानुफ्याक्चरिङ एण्ड प्रोडक्ट्स
म्यानुफ्याक्चरिङ एण्ड प्रोडक्ट्स समूहबाट गत आर्थिक बर्षमा सबैभन्दा धेरै लाभांश वितरण गर्नेमा युनिलिभर नेपाल लिमिटेड रहेको छ । युनिलिभर नेपालले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको ६५० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

मर्चेण्ट बैंकिङ्ग
मर्चेण्ट बैंकिङ्ग समूहबाट गत आर्थिक बर्षमा सबैभन्दा धेरै लाभांश वितरण गर्नेमा ग्लोबल आइएमई क्यापिल लिमिटेड रहेको छ । ग्लोबल आइएमई क्यापिटलले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको ७० प्रतिशत बोनस शेयर र ३० प्रतिशत नगद गरी कूल १०० प्रतिशत लाभांश वितरण गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्