मर्जरपछि बीमा कम्पनीको ३० प्रतिशत शेयर सर्वसाधारणको हुनपर्ने, समितिको अनुमति बिना मर्जर प्रक्रिया भंग गर्न नपाईने

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुलाई मर्जरका लागि शेयर स्वामित्व सम्वन्धमा नयाँ व्यवस्था मिलाएको छ । बीमा समितिले बीमा कम्पनीहरु मर्जर भएपछि ३० प्रतिशत शेयर स्वामित्व सर्वसाधारणको हुनपर्ने प्रावधान गरेको हो ।
गाभ्ने–गाभिने वा प्राप्ती गर्न समेत आपसी सम्झौता गरी शैद्धान्तिक सहमतिको लागि निवदेन गर्ने बीमकहरुलाई विद्यमान ऐन २०६३, बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्वन्धी निर्देशिका २०७६ तथा धितोपत्र सम्वन्धी अन्य कानुन समेतहरुका आधारमा सो प्रक्रिया शुरु भई सैद्धान्तिक सहमति प्राप्त भएका तथा सहमतिका लागि निवदेन गर्न इच्छुक बीमहरुले ३० प्रतिशत सर्वसाधारणको हुनुपर्ने व्यवस्था मिलाउनु पर्नेछ ।
सर्वसाधारणमा शेयर जारी गरिसकेका वा गरिनसकेका इजाजतपत्र प्राप्त बीमकहरु समेत एक आपसमा गाभ्न गाभिन वा प्राप्तिका लागि योग्य मानिनेछन् । तर गाभिएर वा प्राप्तिपश्चात् कायम हुने बीमकको कूल पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणमा बिक्री वितरण नभएको अवस्थामा नपुग अंश सर्वसाधारणमा जारी गर्ने व्यवस्था सम्बन्धित बीमकले तो नम मिलाउनुपर्नेछ ।
बीमा समितिबाट बीमा कोष र अनिवार्य जगेडा कोषको अनुपात पुगेका वा नपुगेका इजाजतपत्रप्राप्त एक आपसमा गाम्न गाभिन वा प्राप्तिका लागि योग्य हुनेछन् । तर उक्त बीमकहरु गाभिएर वा प्राप्तिपश्चात् बीमा कोष र अनिवार्य जगेडा कोषको अनुपात तोकिए बमोजिम कायम हुनु पर्नेछ ।
गाभ्न गाभिन तथा प्राप्तिका लागि सैद्धान्तिक सहमति प्राप्त गरेका बीमकहरुले गाभ्ने गाभिने वा प्राप्ति प्रक्रियालाई मनासीव कारण सहित बीमा समितिको स्वीकृति नलिई आफूखुशी भंग गरी त्यस्तो प्रक्रियाबाट अलग भएको निर्णय गर्न पाइने छैन् ।
सैद्धान्तिक सहमति प्राप्त गरेका बीमकहरुबाट गाभ्ने गाभिने वा प्राप्ति प्रक्रियाबाट अलग जून मनासीव माफिकको कारण खुलाई सञ्चालक समितिको निर्णय तथा संयुक्त मर्जर वा प्राप्ति समितिको सहमति सहित निवेदन पेश हुन आएमा बीमा समितिले सैद्धान्तिक सहमति रद्द गरिदिनेछ । तर सो बीमकहरुमध्ये केही जीसकहरु एक आपसमा गाभ्न गाभिन वा प्राप्तिका लागि सहमत भएको अवस्थामा बीमा समितिले औचित्यता हेरी ती बीमकहरुको लागि मात्र सैद्धान्तिक सहमति कायम राख्न सक्नेछ ।
