सिबिफिनले आगामी मौद्रिक नीतिका लागि दियो २७ बुँदे सुझाव (सूचीसहित) - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सिबिफिनले आगामी मौद्रिक नीतिका लागि दियो २७ बुँदे सुझाव (सूचीसहित)



काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले आगामी आर्थिक वर्ष २०७८÷७९ को मौद्रिक नीतिको लागि सुझाव दिएको छ । संघले आज एक पत्रकार सम्मलेन गर्दै २७ बुँदे सुझाव दिएको हो ।

सिबिफिनले आगामी आवको मौद्रिक नीति मार्फत संचालनमा आएको १० बर्षपछि बैंक तथा वित्तीय संस्थाले स्थायित्व प्राप्त गरिसक्ने हुँदा संस्थापक शेयर साधारण शेयरमा रुपान्तरण गर्न पाउने व्यवस्था युक्तिसंगत हुनुकासाथै अन्य देशहरुमा संस्थापक शेयर र साधारण शेयरको मूल्य समेत समान भएको सन्दर्भमा नेपालमा समेत सो व्यवस्था कार्यान्वयनमा लैजानुपर्ने लगायतका सुझाव दिएको हो ।

खस्किदै गएको अर्थव्यवस्थालाई थप जटिलतातर्फ उन्मूख हुनबाट जोगाउनका लागि समग्र अर्थतन्त्रमा देखिएका समस्या एवं चुनौतिहरुको स्पष्ट पहिचानसहित न्यूनिकरण गर्दै जानका लागि नेपाल सरकार, जिम्मेवार सम्पूर्ण निकायहरु र सरोकारवाला हामी सम्पूर्ण पक्षहरु निकै चनाखो हुँदै एकाकार भइ लाग्नु अहिलेको प्रमुख आवश्यकता बनेको संघले जनाएको छ ।

विगत केही समय अघिदेखि नै अर्थतन्त्रका महत्वपूर्ण आँकडाहरू ऋणात्मक दिशातर्फ उन्मूख हुँदै गरेको महसुस गर्दै सिबिफिनले तत्कालिन समयमा प्रासङ्गिक विषयहरुमा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, सरोकारवाला पक्षहरु र संचार क्षेत्रसँग निरन्तर छलफल, संवाद तथा बहस गर्दै आएको छ र समयसापेक्षरुपमा आर्थिक क्षेत्रका विभिन्न विषयहरुमा विषयविज्ञ तथा प्रतिष्ठित अध्ययन केन्द्रसँगको सहकार्यमा वृहत अध्ययन तथा अनुसन्धान गरी सुझावसहितका प्रतिवेदनहरु सम्बन्धित निकायहरुमा पेश गरी ध्यानाकर्षण समेत गराएको हो ।

कोभिड–१९ र विभिन्न विश्व घटनाक्रमले कमजोर बन्दै गएको उत्पादन तथा आपूर्ति श्रृखंलाको प्रत्यक्ष प्रभावबाट साँघुरिदै गएको नेपालको अर्थतन्त्रमा देखापरिरहेका समग्र समस्या एवं चुनौतिहरुको न्यूनिकरण तथा समाधानका लागि नेपाल सरकार, नियामक निकाय र सरोकारावाला पक्षहरुसँग सहकार्य गर्दै सबल, सक्षम र आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) निरन्तर लागिरहने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

.


प्रतिक्रिया दिनुहोस्