मौद्रिक नीतिः अस्ताउँदै गइसकेको कोरोनाको बहानामा जुममार्फत पत्रकार सम्मेलन किन ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

मौद्रिक नीतिः अस्ताउँदै गइसकेको कोरोनाको बहानामा जुममार्फत पत्रकार सम्मेलन किन ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ४ बजे चालु आवका लागि मौद्रिक नीति सार्वजनिक नीति सार्वजनिक गर्दैछ । मौद्रिक नीति सकिएपछि साँझ ५ बजे पत्रकार सम्मेलन गर्ने भएको छ ।

कोभिड–१९ को समयमा सम्भावित जोखिम कम गर्नका लागि जुममार्फत गरिएको पत्रकार सम्मेलन यसपटक पनि जुमबाटै गर्न लागिएको हो । कोभिड–१९ सेलाउँदै गैसकेको अवस्थामा आजै हेटौँडामा प्रधामन्त्रीसहितको प्रेस चौतारीको कार्यक्रम भइरहेको छ तर, यता राष्ट्र बैंकले भने पत्रकार सम्मेलन जुममार्फत् गर्न लागेको हो ।

अस्ताउँदै गइसकेको कोभिड–१९ को महामारीलाई देखाउँदै जुमबाट गर्न लागिएको पत्रकार सम्मेलनले गभर्नर अधिकारी माथि प्रश्न खडा हुन गएको कतिपयको बुझाई छ । यसअघि नै एमालेका कार्याकर्ता हुन् की राष्ट्र बैंकको गभर्नर भनी सडक देखि संसदसम्म आलोचनाको सिकार बन्न पुगेका गभर्नर अधिकारी प्रकरणपश्चात कुनै पनि सार्वजनिक कार्यक्रममा उपस्थिति जनाएका थिएनन् । उनले तय भइसकेका कार्यक्रमहरुलाई समेत रद्द गर्न पुगेका थिए ।

नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्य एम अधिकारीनै गभर्नर महाप्रसाद अधिकारी हो भन्ने दाबीहरु सञ्चारमाध्यमबाट आएपछि गभर्नर अधिकारी सार्वजनिक कार्यक्रममा नै सहभागी बन्न छाडेका थिए ।


प्रतिक्रिया दिनुहोस्