पुरानो पर्सा बजारबाट भन्सार छली ल्याएको ४२० बोरा चिनी बरामद
काठमाडौं । खैरहनी नगरपालिका–६ स्थित पुरानो पर्सा बजारबाट भन्सार छली ल्याएको ४२० बोरा चिनी बरामद प्रहरीले बरामत गरेको छ ।
५० किलोका ती बोरा पराजुली खाद्य उद्योग अगाडि रोकेर राखेको लु २ ख १०३२ नम्बरको ट्रकबाट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले दिएको छ । कार्यालयका डीएसपी नरहरि अधिकारीका अनुसार १८ लाख ६९ हजार रुपैयाँ बराबरको चिनी बरामद गरिएको हो ।
बरामद गरिएको चिनी, ट्रक र चालकलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको प्रहरीले जानकारी दिएको छ ।












