नेपालको व्यापार घाटा २३ प्रतिशतले बढ्यो « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

नेपालको व्यापार घाटा २३ प्रतिशतले बढ्यो



काठमाडौं । आर्थिक वर्ष २०७८/०७९ मा १७ खर्ब २० अर्ब रुपैयाँ व्यापारघाटा भएको छ । यस हिसाबले नेपालको व्यापार घाटा २३ प्रतिशतले बढेको हो ।

अघिल्लो वर्ष १३ खर्ब ९८ अर्व व्यापारघाटा रहेकोमा थियो । यस वर्ष बढेर १७ खर्ब २० अर्ब रुपैयाँ पुगेको छ ।

१ वर्षमा १९ खर्ब २० अर्ब रुपैयाँको आयात हुँदा मात्र २ खर्बको वस्तु निर्यात भएको छ । अघिल्लो वर्ष १५ खर्ब ३९ अर्ब रुपैयाँ आयात हुँदा १ खर्ब ४१ अर्ब रुपैयाँको रहेको थियो ।

कुल वैदेशिक व्यापार २१ खर्ब २० अर्ब रुपयाँ रहेको छ । जुन अघिल्लो वर्षको तुलनामा २६.१५ प्रतिशतले बढेको हो ।


प्रतिक्रिया दिनुहोस्