मधेस प्रदेश सरकारले सवारी करमा लाग्ने जरिवाना छुट गरेसंगै बढ्यो राजस्व « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

मधेस प्रदेश सरकारले सवारी करमा लाग्ने जरिवाना छुट गरेसंगै बढ्यो राजस्व



काठमाडौं । मधेस प्रदेश सरकारले सवारी करमा लाग्ने जरिवाना छुट गरेसंगै जनकपुरस्थित यातायात व्यवस्था कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा २२ करोड ३० लाखभन्दा बढी राजस्व संकलन गरेको छ ।

आव २०७८र७९ रु ५५ करोड ५६ लाख ६८ राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।

सवारी करबाट ४२ करोड २२ लाख ३४ हजार ८७, सवारी चालक अनुमतिपत्र तथा नवीकरणबाट १२ लाख १ हजार १६१ तथा नयाँ सवारी दर्ता र रुट परमिटबाट रु एक करोड ३२ लाख चार हजार ९८१ राजस्व सङ्कलन भएको कार्यालय प्रमुख वीरेन्द्रकुमार साहले जानकारी दिए ।

यो आव २०७७/७८ को भन्दा २२ करोड ३० लाख बढी हो । अघिल्लो आर्थिक वर्षमा ३९ करोड २२ लाख राजस्व सङ्कलन भएको थियो ।

यस्तै आव २०७८/७९ मा १६ हजार १८७ मोटरसाइकल, ५११ ट्र्याक्टर, ४७१ टेम्पु, २८२ इ–रिक्सा, २३८ जिपरकारलगायत १५ हजार ९२० नयाँ सवारी साधन दर्ता भएको बताए । कार्यालय प्रमुख साहका अनुसार सो आवमा २० हजार ६७२ जनालाई नयाँ चालक अनुमतिपत्र वितरण गरिएको थियो भने २२ हजार ७५० सवारी साधन नवीकरण गरिएको थियो।

मधेस प्रदेश सरकारले ५ वर्षभन्दा बढी समयदेखि नवीकरण नगराएका सवारीसाधनलाई नवीकरणमा लाग्ने जरिवाना छुट दिनु, नयाँ सवारीसाधनको दर्ता बढ्नु र कर्मचारीले इमान्दारितापूर्वक कार्यालय समयमा बसेर काम गर्नाले गत आवमा राजस्व संकलन उल्लेखीय बढेको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस्