भदौ २४ गतेदेखि पचालझरना शाखा स्थानान्तरण गर्दै नबिल बैंक

काठमाडौं । नबिल बैंकले शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ । बैंकको कालिकोट जिल्लाको पचालझरना शाखा कार्यालय स्थानान्तरण गर्न लागेको हो ।
बैंकले पचालझना गाउपालिका–४ रहेको शाखा कार्यालय हालको स्थानबाट २ किलोमिटर पर स्थानान्तर भई नयाँ परिसरबाट सेवा प्रदान गर्न लागेको हो ।
एक सूचना निकाल्दै उक्त शाखा कार्यालय भदौ २४ गतेदेखि सुचारु हुने बैंकले जनाएको छ ।