काठमाडौं महानगरपालिकाले मनोरञ्जन करबापत ८४ लाख बढीको राजस्व संकलन गर्यो « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

काठमाडौं महानगरपालिकाले मनोरञ्जन करबापत ८४ लाख बढीको राजस्व संकलन गर्यो



काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न संस्थाबाट मनोरञ्जन करबापत राजस्व संकलन गरेको छ । विभिन्न क्यासिनो र काठमाडौं फनपार्कले अहिलेसम्म ८४ लाख ३४ हजार ९३१ रुपैयाँ कर बुझाएका हुन् ।

करदाताहरुमा फनपार्कले १६ गते १७ लाख ३६ हजार, डेल्टीन क्यासिनोले २३ गते २१ लाख ४२ हजार, क्यासिनो प्यालेस अन्नपूर्ण–होटलले २८ गते ११ लाख ८५ हजार, प्राइड इन्टरटेन्मेन्ट एण्ड रिक्रिएसन हायातले २८ गते ९ लाख ८९ हजार, माजोङ्ग इन्टरटेन्मेन्ट होटल सोल्टीले ९ लाख ९३ हजार तथा बेलीज क्यासिनो मल्ल होटलले २३ गते १३ लाख ८८ कर बुझाएका छन् ।
महानगरको राजस्व विभागका अनुसार यासिनो ¥याट र रोयल क्यासिनो याक एण्ड यति हाल सञ्चालनमा रहेका छैनन् ।

Tags :

प्रतिक्रिया दिनुहोस्