आज एकै दिन कुकुर तिहार र लक्ष्मीपूजा, यस्तो छ कारण « Arthapath.com
२४ असार २०८३, बुधबार

आज एकै दिन कुकुर तिहार र लक्ष्मीपूजा, यस्तो छ कारण



काठमाडौं । आज एकै दिन कुकुर तिहार र लक्ष्मीपूजा हुदैछ । विज्ञहरुका अनुसार आज बिहान कुकुर पूजा र साँझमा लक्ष्मीपूजा गर्नु उचित हुने बताएका छन् ।

सामान्यतया एक दिन अघि वा सोही दिन बिहान गाई तिहार मनाएर साँझमा लक्ष्मीपूजा मनाइन्छ । तर, यसपटक लक्ष्मीपूजाको भोलिपल्ट अर्थात् भोली (कार्तिक ८ गते )मात्र गाई तिहार तोकिएको छ ।

आज साँझ ५ बजर ४ मिनेट जाँदा औँसी तिथि सुरु हुने र ८ गते साँझ ४ः३३ मा समाप्त हुँदै छ । मध्यरातमा औँसी तिथि नपरेकै कारण लक्ष्मी पूजा अघिल्लो रात गर्नु पर्ने ज्योतिषी सुरेशचन्द्र रिजालको भनाइ छ।


चाडपर्वहरू तिथि अनुसार मनाइने हुदाँ लक्ष्मीपूजा गर्नका निम्ति चतुर्दशी व्याप्त औँसी पर्न आवश्यक रहेकोले लक्ष्मीपूजा र कुकुर तिहार एकै दिन पर्न गएको ज्योतिषी रिजाले जानकारी दिए । उनले भने,“चतुर्दशी सकिएपछि औँसी लाग्छ । त्यसको मध्यान्नमा लक्ष्मीपूजा गर्नु भन्ने शास्त्रीय वचन छ।


प्रतिक्रिया दिनुहोस्