एक दिन पनि टिकेन नेप्सेकाे उत्साह: ३० अंकले घट्दा परिसूचक २६ सय २१ बिन्दुमा ओर्लियो
काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधबार बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३०.०९ अंकले घटेर २६ सय २१ दशमलव ५९ बिन्दुमा रोकिएको छ।
लगातार अघिल्ला दुई दिन घटेको नेप्से परिसूचक हिजो २४ दशमलव ५७ अङ्कले बढेर २ हजार ६५१ दशमलव ६८ विन्दुमा पुगेको थियो ।
नेप्से परिसूचक घटे पनि यसदिन कारोबारमा भने सुधार देएिको छ। आज ३६२ वटा कम्पनीका ८४ लाख ६३ हजार १५ कित्ता शेयर ४ अर्ब ८२ करोड ६० लाख ८४ हजार रुपैयाँमा किनबेच भएको छ ।
हिजो ३५२ वटा कम्पनीका ९५ लाख १९ हजार कित्ता शेयर ४ अर्ब ४० करोड रुपैयाँमा किनबेच भएको थियो ।
म्युच्युअफ फण्ड बाहेक आज सबै उपसूचक घटेका छन् । आजकाे काराेबारमा बाणिज्य बैंक १.१८, विकास बैंक १.४६, फाइनान्स १.४३, होटल तथा पर्यटन १.२९, हाइड्रोपावर १.७०, उत्पादन तथा प्शोधन १.१३, निर्जीवन बीमा १.०७ र अन्य समुहको उपसूचक १.१५ प्रतिशत द्दटेको छ।
आज २५ म्पनीकाे सेयर मूल्य बढेकाेमा २४७ कम्पनीकाे सेयर मूल्य घटेकाे छ भने ५ वटाकाे स्थिर देखिएकाे छ।












