चुनावी सभामा जाँदा एकीकृत समाजवादीका नेता विरोध खतिवडामाथि हातपात « Arthapath.com
२४ असार २०८३, बुधबार

चुनावी सभामा जाँदा एकीकृत समाजवादीका नेता विरोध खतिवडामाथि हातपात



काठमाडौं । प्रतिनिधिसभा सदस्यका उम्मेदवार विरोध खतिवडामाथि हातपात भएको छ ।

मकवानपुर–२ का उम्मेदवार तथा एकीकृत समाजवादीका नेता खतिवडा मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेमा चुनावी सभामा जाने क्रममा हातपात भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी टेकबहादुर कार्कीले खतिवडामाथि अभद्र व्यवहार गर्ने पुरुषोत्तम खड्कालाई नियन्त्रणमा लिएको जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्