नुवाकोट माओवादीमा भुईचालो, एमाले जिताउन ३ सय नेता कार्यकर्ता प्रवेश « Arthapath.com
२४ असार २०८३, बुधबार

नुवाकोट माओवादीमा भुईचालो, एमाले जिताउन ३ सय नेता कार्यकर्ता प्रवेश



काठमाडौं । नुवाकोट नेकपा माओवादीमा भुईचालो गएको छ । गठबन्धनबाट भागवण्डामा माओवादीकाे भागमा परेका माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङलाई झड्का लागेकाे छ ।

एमाले नेता जिताउन नुवाकाेट क्षेत्र नं. १ का करिब ३ सय भन्दा बढी माओवादी केन्द्रका नेता कार्यकता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

तारकेश्वर पार्टी प्यालेस काठमाडौंमा आज भएको कार्यक्रममा एमालेका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज विन्दा ढुङ्गानाले उनीहरुलाई स्वागत गरेकी हुन् ।

नुवाकोट क्षेत्र नं १ का उम्मेदवार बद्री मैनाली जिताउन दिपक विश्वकर्मा वाइसिएल केन्द्रीय सदस्यकाे नेतृत्वमा सैयाैंकाे संख्यामा एमाले प्रवेश गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्