भुकम्पले त्रसित बन्दै सुदुरपश्चिम, फेरि ७ घर भत्कायो-खुल्ला आकाशमुनि आगो ताप्दै स्थानीय « Arthapath.com
२४ असार २०८३, बुधबार

भुकम्पले त्रसित बन्दै सुदुरपश्चिम, फेरि ७ घर भत्कायो-खुल्ला आकाशमुनि आगो ताप्दै स्थानीय



काठमाडौं । सुदुरपश्चिम केहि दिन देखि लगातार भुकम्प धक्का गइरहेको छ । बुधबार राति २ बजे डोटीमा केन्द्र बिन्दु बनाएर गएको भुकम्प ६ जनाको ज्यान समेत लिइसकेको छ

फेरि आज (कात्तिक २६ गते ) राति ८:१२ तिर बझाङको खप्तड छान्ना गाउँपालिकाको पाटादेवल केन्द्रबिन्दु बनाइ ५.१ म्याग्निच्युडको भूकम्प जाँदा डोटीमा फेरि त्रास फैलिएको छ। बुधबार ६ जनाको ज्यान जाने गरि डोटी को गैरागाउँमा अहिले गएको भूकम्पले फेरि दुईवटा घर भत्किएको हो । सायल गाउँपालिकामा दुईवटा, पूर्विचौकी गाउँपालिकाको पोखरीमा समेत तीन वटा घरहरू भत्किएको जनाइएको छ। क्षेतिको बिबरण विस्तृत रुपमा आएको छैन ।

चिसो समय भएका बालबालिका देखि बृद्धि अहिले खुल्ला आकाशमुनि आगो ताप्दै गरेको भिडियो फोटोले समाजिक सञ्जाल भरिएको छ ।

बुधबार डोटीस्थिति खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रलाई केन्द्रविन्दु बनाई आएको भूकम्पका कारण डोटी जिल्लाको पूर्वीचौंकी गाउंपालिका वडा नम्बर ३ गैरागाउंमा ६ जनाको मृत्यु, ८ जना घाईत भएका छन् । २८ घरपरिवार विस्थापित भएको प्रारम्भिक विवरण प्राप्त भएको जानकारी जिल्ला प्रशासन कार्यालय डोटीले गराएको छ । ती मध्ये १४ घर पुर्ण क्षति भएका छन् ।


प्रतिक्रिया दिनुहोस्