लघु हाइड्रोबाट थपियो १७४८ किलोवाट बिजुली, उत्पादनमा १३७ प्रतिशत उपलब्धी « Arthapath.com
२४ असार २०८३, बुधबार

लघु हाइड्रोबाट थपियो १७४८ किलोवाट बिजुली, उत्पादनमा १३७ प्रतिशत उपलब्धी



काठमाडौं । गत आर्थिक बर्ष २०७८.७९ लक्ष्य भन्दा बढी क्षमतामा लघु जलविद्युत आयोजना सञ्चालनमा आएको छ । बैकल्पीक ऊर्जा प्रवद्र्धन केन्द्रले गत आवमा १४०० किलोवाट बिजुली लघु हाइड्रो पावरबाट उत्पादन गर्ने लक्ष्य लिएको थियो, तर गत आवमा १७४८ किलोवाट विद्युत लघु हाइड्रोबाट उत्पादन भएको छ ।

केन्द्र हालै सार्वजनिक गरेको गत आवको प्रगति विवरणले यस्तो देखाएको हो । उक्त विवरणअनुसार गत आवमा लघु हाइड्रोपावर उत्पादनमा १३७ प्रतिशत उपलब्धी भएको छ ।

योसँगै नेपालमा लघु हाइड्रोबाट उत्पादन हुने बिजुलीको परिमाण कुल ३७ हजार ३७४ किलोवाट पुगेको छ । पिको, मिनी र माइक्रो हाइड्रो गरेर सो बराबरको विद्युत उत्पादन भएको हो ।

बिशेषगरि केन्द्रीय विद्युत प्रसारण लाइन नपुगेको ग्रामिण क्षेत्रमा बिजुली उपलब्ध गराउने उद्देश्य सहित लघु हाइड्रोको अवधारणा अघि बढेको थियो । सोहीअनुसार नेपालका ग्रामिण क्षेत्रमा साना साना क्षमतामा पहिलादेखि नै यस्तो आयोजना बनाइदै आइएको थियो । यद्यपि, अहिले अधिकांश ग्रामिण क्षेत्रमा उच्च क्षमताका केन्द्रीय विद्युत प्रसारण लाइन पुगेको छ । त्यससँगै अहिले कतिपय लघु हाइड्रो पावर आयोजना बन्द समेत हुन थालेका छन् ।

बागलुङ गल्कोट नगरपालिका १ स्थित गौदी खोलामा १० बर्ष अघि सञ्चालनमा आएका केही लघु हाइड्रोपावार आयोजन अहिले बन्द भइसकेका छन् । बिशेषगरि केन्द्रीय विद्युतको पहुँच विस्तार भएसँगै अधिकांश लघु हाइड्रोपावर बन्द पनि हुन थालेका हुन् ।
ध्चष्तभ तय द्यष्पचबm क्गलबच


प्रतिक्रिया दिनुहोस्