९०० रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौं । आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायीका महासंघका अनुसार आज सुनको मूल्य तोलाको ९०० रुपैयाँले घटेको छ ।
महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको छ ।
चाँदी पनि आज तोलामा ५५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।













