डोटीमा प्रेम आलेको अग्रता कायमै, एमाले उम्मेदवार ओलि पछिपछि « Arthapath.com
२४ असार २०८३, बुधबार

डोटीमा प्रेम आलेको अग्रता कायमै, एमाले उम्मेदवार ओलि पछिपछि



काठमाडौं । डोटीमा प्रतिनिधि सभा सदस्यको १२१८० मत गणना भएको छ । जिल्लामा एकीकृत समाजवादीका उम्मेदवार पूर्व मन्त्री प्रेम आले सुरु देखि नै अग्रता कायम राखेको छ ।

उनले ६६३३ मत ल्याउदा एमालेका उम्मेवदार गौरी वलीको ३७३४ मत छ । स्वतन्त्र उम्मेदवारी दिएका नरेन्द्र खड्काको ५१८ मत छ । राष्ट्रिय स्वतन्त्र पार्टीका केशव बलायरको ४७ ल्याएका छन् ।

डोटीको प्रदेश सभा, निर्वाचन क्षेत्र नम्बर १ मा चक्र मल्ल अगाडि छन्। प्रदेश सभा १ मा ९५७३ मत गणना भएको छ । मल्लको ४९६४ मत छ । उक्त निर्वाचन क्षेत्रमा नरेन्द्र सिँको ३९५२ मत छ। नेत्र नाथको १०४ तथा शैलेन्द्र खड्काको ९५ मत छ ।

.


प्रतिक्रिया दिनुहोस्