समानुपातिकमा एमालेले ८४ हजार मत पुराउदा ए-समाजवादी ३७ मा सिमित
काठमाडौं । देशभर मतगणना भइरहेको छ । मंसिर ४ गते निर्वाचन सम्पन्न भएसँगै हालदेश भर मतगणना चलि रहेको छ भने ७ ठाउँको नजिता समेत सार्वजनिक भइ सकेको छ ।
दिउसो २.३० बजेसम्म कांग्रेसले ४५ ठाउँमा अग्रता र ४ ठाउँमा जित र एमालेले ३९ ठाउँमा अग्रता २ ठाउँमा जित हासिल गरी सकेको छ । माओवादी १३ ठाउँ, राष्ट्रिय स्वतन्त्र पार्टी १३ ठाउँ, राप्रपा ७, ए समाजवादी ६, जसपा ४ र अन्य दल १५ ठाउँमा अग्र र १ ठाउँमा जित हासिल गरी रहेका छन् ।
अहिलेसम्म समानुपातिकको मत हेर्ने हो भने एमालेले पहिलो नम्बरमा छ । एमालेले ८४ हजार ८१५ मत ल्याएको छ । कांग्रेसले ७१ हजार ५२५ मत ल्याएको छ । एमालेलेबाट छुटिएर गठबन्धनबाट चुनाव लडेको एकीकृत समाजवादी भने नराम्रा हार चाखेको छ । ए समाजवादीले ३ हजार ७४५ मत मात्र ल्याएको छ । उक्त पार्टी समानुपातिकमा छैटो स्थानमा रहेको छ ।
माओवादीको पनि समानुपातिकमा ३२ हजार ७२५, राष्ट्रिय स्वतत्रन्त्र पार्टीको ३६ हजार १०९ र राप्रपाको २० हजार ५४ मत रहेको छ ।













