सानिमा ग्रोथ फण्डको ६ करोड ७२ लाख इकाई नेप्सेमा सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा ग्रोथ फण्ड सूचीकृत भएको छ ।
सानिमा क्यासिटल लिमिटेड समुहले ल्याएको सामुहिक लगानी कोष सानिमा ग्रोथ फण्डको ६ करोड ७२ लाख २ ६० इकाई नेप्सेमा सूचिकृत भएको हो ।
सो फण्डको स्टक सिम्बोल एसजिफ कायम गरिएको छ । फण्डको पहिलो कारोबार मूल्य १० रुपैयाँ तोकेको छ । दोस्रो बजारमा भोलि देखि नै कारोबारमा आउने छ ।