काठमाडौं । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेज (टीबीसी) र थाइल्याण्डको कृक विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । अन्तर्राष्ट्रिय शैक्षिक सहकार्यलाई निरन्तरता दिँदै ब्रिटिस कलेजले थाइल्याण्डको बैंककस्थित कृक विश्वविद्यालयसँग अनुसन्धान, शैक्षिक आदानप्रदान, तथा संस्थागत विकासमा दीर्घकालीन सहकार्य गर्ने जस्ता महत्वपूर्ण शैक्षिक क्रियाकलापहरुलाई अघि बढाउने विषयमा समझदारी गरेको हो ।