१० श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

उन्नति र मेरियट बिजनेस काउन्सिलबीच नेपाली मौलिक उत्पादनलाई विश्व बजारमा प्रवर्द्धन गर्न सम्झाैता

काठमाडौं। उन्नति र मेरियट बिजनेस काउन्सिल, दक्षिण एसिया बीच नेपालको परम्परागत सीप, महिला उद्यमशीलता तथा स्थानीय स्तरमा उत्पादित ह्याण्डीक्राफ्टलाई अन्तर्राष्ट्रिय आतिथ्य बजारसँग जोड्ने उद्देश्यसहित रणनीतिक साझेदारीमा हस्ताक्षर भएको छ । उन्नति चौधरी फाउन्डेसन अन्तर्गतको पहल हो जसले नेपाली परम्परागत सीप, महिला उद्यमशीलता र स्थानीय हस्तनिर्मित उत्पादनलाई बजारसँग जोड्ने काम गर्दछ