काठमाडौँ । धितोपत्र बजारको नियामक निकायले दोस्रो स्टक एक्सचेञ्जको लाइसेन्स जारी गर्ने र भइरहेको नेपाल स्टक एक्सचेञ्जको पुनःसंरचना गर्ने दुबै कामलाई एकसाथ अघि बढाएको भनेको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले यी दुबै काम अघि बढाएको हो । यसका लागि विस्तृत कार्ययोजना बनाउन अलग्गै कार्ययोजना समिति गठन गरिएको बोर्डले जनाएको