काठमाडौँ । छिमेकी भारतमा आर्थिक उदारिकरण र विश्वब्यापीकरणको जग बसालेका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ । उनलाई बिहीबार साँझ करीब ८ बजे दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थानको आकष्मिक उपचार कक्षमा भर्ना गरिएको थियो । लामो समयदेखि स्वास्थ्य समस्यासँग जुधिरहेका सिंहको ९२ वर्षको उमेरमा निधन भएको हो ।