२२ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

कुलमानको विषयमा संसदमा माओवादी आक्रामक

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले संसदको बैठकमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरणको विषय उठाएको छ । प्रतिनिधि सभाको आजको बैठक शुरुहुना साथ माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले कुलमानलाई सरकारले पटक पटक स्पष्टीकरण सोधेर दुख दिइरहेको भन्दै सभामुखबाट सरकारलाई रुलिङ हुनुपर्ने माग गरेका छन्