काठमाडौं । नेपाल एसबिआई बैंकले भैरहवा शाखा स्थानान्तरण गरेको छ । बैंकले आफ्नो सिद्धार्थनगर नगरपालिका–०५, बैंक रोड, भैरहवा, रुपन्देहीमा अवस्थित शाखा कार्यालय सोही नगरपालिकाको वडा नं–०८ स्थित नारायणपथमा स्थानान्तरण गरेको हो । उक्त शाखाको नयाँ भवन परिसर उद्घाटन बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले गरेका थिए