१० श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

७ प्रतिशत लाभांश घोषणा गरेको सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ को बुक क्लोज कहिले ?

काठमाडौं । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ ले बुक क्लोजका लागि मिति तय गरेको छ । सिद्धार्थ क्यापिटलको योजना व्यवस्थापनमा सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ग्रोथ स्किम ३ ले प्रतिफल वितरण प्रयोजनार्थ बुकक्लोज मिति तोकेको हो । स्किमले भदौ २३ गते इकाईधनी दर्ता किताब बन्द अर्थात बुकक्लोज गर्ने भएको छ।