११ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

स्नातक पढ्ने विद्यार्थी अव चौँथो वर्षमा पुगेर अड्किन नपर्ने, त्रिविले ल्यायो यस्तो योजना

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा स्नातक अध्ययनरत विद्यार्थीले अब चौँथो वर्षको ‘खराब नतिजा’का कारण करियर अड्काउनु नपर्ने भएको छ । विश्वविद्यालयले अव स्नातक तहको वार्षिक कार्यक्रम तर्फका विद्यार्थीलाई पनि मौका परीक्षा दिने व्‍यवस्था गर्न लागेको छ । पहिलो, दोस्रो र तेस्रो वर्षको परीक्षा पूर्ण रुपमा उत्तीर्ण गरिसकेका, तर चौँथो वर्षमा एक